टीकापुर, असार १३
कैलालीको सुदू्ररपूर्वी क्षेत्रका चारवटा स्थानीय तहमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिहरुले निलम्बित सांसद रेशमलाल चौधरीलाई आज जेलमा भेटका छन् ।
कैलालीको चार पालिकाका प्रमुख र तीन पालिकाको उपप्रमुखमा नागरिक उन्मुक्तिले जितेको थियो । निर्वाचन भएको झण्डै दुई महिना पछि सामूहिक रूपमा आज रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमा भेट्न पुगेका हुन् ।
टीकापुर नगरपालिकाको प्रमुख रामलाल डगौरा थारु, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र उपप्रमुख राजु तिरुवा तथा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति कठरियाले चौधरीलाई भेटेका हुन् ।
उनीहरूबीच करिब २ घण्टा छलफल भएको थियो। छलफलका क्रममा सुरूमा पार्टीका जनप्रतिधिहरूले अहिलेको अवस्थाबारे चौधरीलाई जानकारी गराएका थिए । सबैको प्रतिक्रिया सुनेपछि चौधरीले जनप्रतिनिधीहरूलाई राम्रो काम गर्न सुझाव दिएका थिए ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीमा १३ मध्ये चार पालिकामा जित हात पारेको थियो ।