Hamro Patra
भारतीय नागरिकद्धारा फिल्मी शैलीमा लुटिए एक कर्मचारी

टीकापुर, असार १५

कैलालीको बुढीतोलामा एक कर्मचारी बाधिँएको अवस्थामा भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी बाँधिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ ।

CMA Staff

भण्डारीको टाउको र शरिरमा चोट लागेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

भण्डारीले प्रहरीलाई बताए अनुसार महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेका थिए ।

भण्डारीले आफ्नो प्रदेश प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कारमा लिफ्ट दिए । बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले भण्डारीमाथि कुटपिट गरे ।

उनीहरुले भण्डारीलाई कुटेर प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए ।

भण्डारीले आफ्नो कार पनि उनीहरुले लिएर फरार भएको बताएका छन् । हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लुटिएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update