Hamro Patra
लक्ष्मण थारु र नेत्र जोशी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

टीकापुर, असार १२

थरुहट आन्दोलनका अगुवा नेता लक्ष्मण थारु र लम्कीका व्यवसायी नेत्र जोशी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

CMA Staff

थारु थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत हुन् भने जोशी टीकापुर नगर विकास समितिका अध्यक्ष हुन् । दुबै जना निलम्बित सांसद रेशमलाल चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा दुवै जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

थारु र जोशीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएकी हुन् ।

२०७२ साल भदौ ७ गते टीकापुर घटनाका आरोपित रहेका थारुलाई जिल्ला अदालत कैलालीले सफाई दिएको थियो भने उच्च अदालत दीपायलले दोषी ठहर गर्दै पुनः पक्राउ गर्न आदेश दिएको थियो ।

यता, जोशी नगर विकास समिति टीकापुरको अध्यक्ष हुँदा घरेडी बिक्री गर्दै व्यापक अनिमितता गरेको उनी माथि आरोप छ ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update