Hamro Patra
बलभद्र चोक जलमग्न

टीकापुर, असार ११

टीकापुर बजार क्षेत्रको मुटु मानिने बलभद्र चोक आज विहान परेको सामान्य वर्षाल जलमग्न भएको छ ।

Khadga Memorial And Janajagriti

वर्षाको पानी जाने निकास नहुँदा बलभद्र चोक जलमग्न भएको हो । नमूना ब्लक निर्माण कार्यक्रम अन्तर्गत निर्माण भइरहेको बजार क्षेत्रमा अधिकांश नालाहरु पुरिएका छन् ।

चोकको पानी नालामा जाने निकास नहुँदा बजार क्षेत्र सामान्य वर्षाले समेत जलमग्न भएको स्थानीय व्यापारी हर्कबहादुर बुढाले बताए ।

टीकापुर नगरपालिका वडा नं. १ को ब्लक नं. १ लाई स्मार्ट सिटी कार्यक्रम अन्तर्गत नमूना ब्लक निर्माणको कार्य भइरहेको छ । समयमै निर्माण कार्य सम्पन्न नहुँदा तथा निर्माण भएका नालीहरु समेत सफा नहुँदा वर्षामा जलमग्न हुने समस्या आएको अर्का व्यवसायी शंकर देवकोटाले बताए ।

पटक पटक निर्माण कम्पनी र स्थानीय तहलाई जानकारी गराउँदा समेत वास्ता नगरेको भन्दै व्यावसायीहरु आक्रोशित बनेका छन् ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update