टीकापुर, असार १०
कैलालीको टीकापुरमा आज टीकापुर र लम्की क्षेत्रमा रहेका लायन्स क्लबहरुका वर्ष २०२२/०२३ का अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्षका लागि तालिम सम्पन्न भएको छ ।
ती पदाधिकारीहरुको काम, कर्तव्य, अधिकार, जिम्मेवारी र आगामी वर्ष गर्नुपर्ने कार्यहरुका बारेमा जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
एरिया चिफ लायन छविलाल जैशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३२५ एन नेपालका डिष्ट्रिक गर्भनर पिएमजेएफ लायन सि.बि. चन्द रहेका थिए ।
चन्दले वर्ष २०२२/०२३ का वार्षिक कार्यक्रम तथा भावी योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक क्षेत्रमा लायन्स क्लबका विषयमा डिष्ट्रिक ३२५ एन नेपालका प्रथम भीडिजी एमजेएफ लायन मुकुट ढकालज्यूले प्रकाश पारेका थिए ।
कार्यक्रममा डिष्ट्रिक सचिव गोविन्द अधिकारी, कोषाध्यक्ष खेमराज भट्ट, डिष्ट्रिक एडभाइजर आत्माराम अधिकारी, डिष्ट्रिक चिफद्धय भिमराम चपाई, सरोज शाह, एरिया क्लस्टर चिफ नारायणप्रसाद न्यौपाने, जोन चियर पर्सनद्धय पृथ्वीराज ढुंगाना र भानुभक्त चौलागाई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ टीकापुर, लायन्स क्लब अफ टीकापुर सिटी, लायन्स क्लब अफ टीकापुर टाउन, लायन्स क्लब अफ कैलाली लम्की, लायन्स क्लब अफ लम्की क्रियटिभ, लायन्स क्लब अफ लम्की एकाडेमियाका पदाधिकारीहरु सहभागिता थिए ।