२ शय ४७ जनाले लिए स्वास्थ्य सेवा
टीकापुर, असार १०
टीकापुर नगरपालिका वडा नं. १ स्थित बाढी पीडित शिविरमा आज निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
लायन्स क्लब अफ टीकापुर टाउनको आयोजना तथा ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर टीकापुरको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरका २ शय ४७ जनाले स्वास्थ्य परीक्षण गरेको क्लबका अध्यक्ष कृष्ण बजगाईंले जानकारी दिएका छन् ।
अस्पतालका वरिष्ठ हाडजोर्नी तथा स्पाइन सर्जन डा.उत्सव श्रेष्ठसहितका १५ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य परीक्षण कार्यक्रममा डिस्टिक गर्भनर सी.बी. चन्द, भ्याइस डिस्टिक गर्भनर एमजेएफ मुकुट ढकाल समेतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ १९:०६
प्रतिक्रिया दिनुहोस्