Hamro Patra
टीकापुर नगरपालिकाको नीति तथा कार्यक्रममा के छ ?

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शुक्रवार ११ औं नगरसभामा प्रस्तुत गरेको टीकापुर नगरपालिकाको नीति तथा कार्यक्रममा के छ ?

हेरौं मुख्य मुख्य नीति तथा कार्यक्रमहरुः
क) आर्थिक विकास

Khadga Memorial And Janajagriti
  • टीकापुर नगरपालिकालाई कृषि पर्यटनका रुपमा विकास गरिने । 
  • एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरिने ।
  • बाली नोक्सानी नियन्त्रण तथा कृषि बाली बिमालाई विशेष जोड दिइनेछ ।
  • नगर प्रमुख कृषि उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
  • किसानको लागि मल, बिउ तथा ढुवानीमा अनुदान प्रदान गरिनेछ ।
  • सामुदायिक पशुको संरक्षण, बहुउपयोग तथा बायोग्याँस उत्पादन गरिनेछ ।
  • साझेदारीको माध्यमबाट सामुदायिक तथा अनुत्पादक पशुको नियन्त्रण र पशु पकेट क्षेत्रको विकास गरिनेछ ।
  • औद्योगिक इ प्रोफाइल तयार गरिनेछ ।
  • लघु/साना र मझौला उद्योग स्थापना र विस्तारका लागि साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • लगानी सम्मेलनमार्फत् बाह्य पुँजी भित्र्याउन पहल गरिनेछ ।
  • कणर्ाली नदी जल यातायात पर्यटन थप विस्तार प्रभावकारी गरिनेछ ।
  • टीकापुर पार्कको पर्यटकीय पूर्वाधारको विकास विस्तारमा निजी तथा साझेदारितामा व्यवस्थापन गरिनेछ ।
  • चिसापानी टीकापुर पर्यटकीय करिडोरको साझा विकास गरिनेछ ।
  • नगर पालिकालाई हेरिटेज सिटीको रुपमा विकास गरिनेछ ।
  • उप मेयर टीकापुर नमूना श्रम सहकारी विकास गरिनेछ ।
  • हाम्रो सहकारीः राम्रो सहकारी कार्यक्रममार्फत् उद्यममा आधारित नमूना सहकारी स्थापनामा जोड गरिनेछ ।
  • बेरोजगारी लगत संकलनलाई सुदृढ गरिनेछ ।
  • इन्नोभेसन एण्ड इन्टरप्रिनियरसीप सेन्टर स्थापना गरी सेन्टर फर एक्सिलेन्स का रुपमा विकास गरिनेछ ।

ख) सामाजिक विकास 

  • प्रविधिमैत्री अध्ययन अध्यापनमा निरन्तर जोड गरिनेछ ।
  • आध्यात्मिक र नैतिक शिक्षामा जोड दिइनेछ ।
  • विद्यालय तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गरिनेछ । 
  • हाम्रो टीकापुर पाठ्यक्रमको थप कक्षामा विस्तार गरिनेछ ।
  • STEAM (Science, Technology, Engineering, Arts,  Maths) कार्यक्रम सञ्चालन तथा प्रभावकारितामा जोड गरिनेछ । 
  • अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा प्रदायक नगरपालिका घोषणा गरिनेछ ।
  • आवश्यकताका आधारमा थप विद्यालय स्थापना, स्तरोन्नति तथा एसटीआरको आधारमा शिक्षक दरबन्दी मिलान गरिनेछ ।
  • वार्षिक रुपमा नतिजाका आधारमा सबैभन्दा उत्कृष्ठ सामुदायिक विद्यालय घोषणा सहित सम्मान गरी सो विद्यालयको प्र.अ.लाई वैदेशिक भ्रमणको व्यवस्था गरिनेछ ।
  • क्षयरोग मुक्त नगरपालिका घोषणा गरिनेछ । 
  • शहरी खानेपानीको व्यवस्थित विस्तार गरिनेछ ।
  • नगर खानेपानी सेवाको विस्तार र सुनिश्चितता गरिनेछ ।
  • नगरलाई एक घरः एक धाराको नीति अबलम्बन गरी वडा नं. १ लाई नमूना वडाको रुपमा विकास गरिनेछ ।
  • खेलकुद पूर्वाधारको निरन्तर विकास गरिनेछ ।

ग) पूर्वाधार विकास

  • सबै वडा जोड्ने सडकको स्तरोन्नतिको निरन्तरता प्रदान गरिनेछ ।
  • वातावरणमैत्री सडकको विकास गरिनेछ ।
  • शहर तथा बजार उन्मुख क्षेत्रमा नमूना शाखा सडकको विस्तार गरिनेछ ।
  • नगर यातायात गुरुयोजना निर्माण गरिनेछ ।
  • कणर्ाली नदीको आवश्यक ठाउँमा पुल निर्माणको लागि पहल गरिनेछ ।
  • घर नक्सा ई पासको थालनी गरिनेछ ।
  • छिमेकी मुलुकको नजिकको कुनै नगरसँग भगिनी सम्बन्ध स्थापना गरिनेछ ।
  • उज्यालो टीकापुर नगरपालिका घोषणा गरिनेछ ।
  • नगर र वडा सीमा जिआईएस आधारमा अद्यावधिक गरिनेछ ।
  • भू उपयोग नीति तथा ऐनको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
  • पूर्वाधार अभिलेख बैंक र पूर्वाधार एम्बुलेन्स तथा ल्याबको स्थापना गरिनेछ ।
  • ऐलानी तथा बाझो जमिनको बहुपयोगमा जोड गरिनेछ ।

घ) वन, वातावरण तथा विपद् व्यवस्थापन

  • टीकापुर नगरपालिकालाई ओपन ग्रिन गार्डेन सिटीको रुपमा विकास गरिनेछ ।
  • विपद व्यवस्थापन पोर्टलको अद्यावधिक गरिनेछ ।
  • ल्याण्डफिल्ड साइटको निर्माणमा आवश्यक पहल गरिनेछ ।
  • फोहोरको वर्गीकरण (घर तथा केन्द्रमा) गरी उचित विधिबाट बिर्सजन गर्न अत्याधुनिक इन्सिनरेटरको व्यवस्था गरिनेछ ।
  • पहिलो चरणमा टीकापुर पार्कलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्न विविध कार्यक्रम संचालन गरिनेछ ।

ङ) संस्थागत विकास सेवा प्रवाह र सुशासन

  • सूचना प्रविधि हबको रुपमा विकास गरिनेछ ।
  • नगरपालिकाको ओपन डाटा पोर्टललाई निरन्तरता थप सबलता दिइनेछ ।
  • बेरुजु शुन्य नगरपालिकाको लागि जोड दिइनेछ ।
  • सबै किसिमका सार्वजनिक उत्तरदायित्व तथा जवाफदेहिताका औजारको प्रयोग गरिनेछ ।
  • कल सेन्टर स्थापना गरी क्वीक रेस्पोन्स टिममार्फत् गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइनेछ ।
  • एकीकृत तथ्यांकको प्रकाशन गरिनेछ ।
  • टीकापुर नगरपालिका डाटा एप्सको विकास र निरन्तरता प्रदान गरिनेछ ।
  • बेरोजगारी तथ्यांकलाई व्यवस्थित गरिनेछ ।
  • नगर पाश्श्रचित्र थप स्तरोन्नति, प्रकाशन तथा डिजिटलाइज्ड गरिनेछ ।
  • साझेदारितामा नगर गुरु योजना निर्माण गरिनेछ ।
  • नमूना बजारको विकास गरी स्वच्छ बजार घोषणा गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update