Hamro Patra
टीकापुर नगरपालिकाको नीति तथा कार्यक्रम पारित

टीकापुर, असार १०

कैलालीको टीकापुर नगरपालिकाले आज आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम पारित गरेको छ ।

११ औं नगरसभामा नगर प्रमुख रामलाल डगौरा थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगर सभाका सदस्यहरुको सुझावसहित पारित भएको हो ।

CMA Staff

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख थारुले क्षेत्रगत नीतिहरु प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा नगर सभाका सदस्य भरत साउँदले एक घरः एक धारा कार्यक्रममा सबै वडामा खानेपानीको टंकी नभएका र वडा नं. १ मा मात्रै केन्द्रित भएको सुझाव दिए । त्यस्तै वडा नं. १ मा निर्माण भइरहेको ढल जमरा नदीमा फाल्न नहुने यसका लागि नगरले पहल गर्नुपर्ने बताए 

वडा नं. १ का अध्यक्ष मोहन लुहार वि.क.ले वडा कार्यालय नभएका वडाहरुको यसै वर्षदेखि वडा कार्यालय बनाउन शुरु गर्नुपर्ने, अव्यवस्थित बसोबासीलाई भूमि आयोगमार्फत् व्यवस्थापन गर्नुपर्ने बताए ।

वडा नं. ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सत्ती बजार ऐतिहासिक बजार भएको उल्लेख गर्दै नीति तथा कार्यक्रममा सत्ती बजार नसमेटिएको भन्दै आपत्ति जनाए । उनले सत्तीको ढल र बसपार्क व्यवस्थापन समावेश गर्नुपर्ने सुझाव दिए ।

नगर सभा सदस्य दिपक निसानीले नीति तथा कार्यक्रममा दलित शब्द नै उल्लेख नभएको भन्दै दलितलाई उपेक्षा गरिएको आरोप लगाए । उनले दलित लक्षित कार्यक्रम ल्याउन माग गरे ।

नगर सभा सदस्य प्रेमलाल चौधरीले युवा तथा खेलकुद कार्यक्रमका लागि प्रत्येक वडामा एक एक वडा खेलमैदान बनाउनु पर्ने सुझाव दिए ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update