धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८३ करोड
टीकापुर, असार १०
धनगढी उपमहानगरपालिकाको ८ औँ नगरसभामा रु एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ ।
उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला रानाले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक आय रु २६ करोड,७९ लाख २४ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकार ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त रु ४७ करोड २९ लाख ३३ हजार र सरी आएको मौज्दात १० करोड रहने प्रक्षेपण गरिएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ १६:०६
प्रतिक्रिया दिनुहोस्