Hamro Patra
टीकापुर नगरपालिकाको बजेट ८५ करोड

टीकापुर, असार १०

कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

११ औं नगरसभामा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

Khadga Memorial And Janajagriti

नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ ।

नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ शय ६० रुपैयाँ, मालपोत रजिष्टे्रसन ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

नगर सभामा प्रस्तुत बजेटमा विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ ।

यसअघिका जनतासँग जनप्रतिनिधि कार्यक्रम, महिला हिंसा न्यूनिकरण, अनाथ असहाय छात्रवृत्ति, निःशुल्क रक्त संचार, सडक मानवमुक्त नगर, हाम्री छोरीः प्यारी छोरी, सामुदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रवृत्ति, आमा बुवासँग उपमेयर, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update