टीकापुर, असार १०
कैलालीमा सात गोरुगाडासहित ३० थान सालको गोलिया बरामद भएको छ । बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाबाट शुक्रबार बिहान गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको २१९.९० क्युफिट काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ ।
सब डिभिजन वन कार्यालय साँडेपानीको गस्ती टोलीले गोरुगाडासहित सो काठ पक्राउ गरेको हो । त्यसमा संलग्न तीन जना पक्राउ परेका छन् ।
डिभिजन वन प्रमुख गोकुल रिजालले पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर बस्ने दीर्घ बिक, रमेश बिक, अर्जुन बिक रहेको रहेको बताए ।
त्यसमा संलग्न चार जना फरार रहेको जनाइको छ । बरामद गरिएको काठ, गोरुगाडा सब डिभिजन वन कार्यालय बर्दगोरियामा राखिएको छ ।
पक्राउ परेकालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि धनगढी चलान गरिएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।