धनगढी, असार १०
नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए ।
जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने पाण्डे बताउँछन् ।