रासायनिक मल बरामद
भजनी, असार ८
कैलालीको दक्षिणी भजनी नगरपालिका वडा नं. ५ बाट भन्सार छलेर दश गजामा वेवारिसे अवस्थामा फेला परेको रासायनिक मल बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल ३४ नम्बर गणको टोलीले भजनी नगरपालिका वडा नं ५ पगियाप्रसारबाट दशजगामै बेवारिसे अवस्थामा मल बरामद गरेको हो ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार युरिया ५९ बोरा, डीएपी १३ बोरा र सुपर ३३ बोरा गरी जम्मा १०५ बोरा मल बरामद गरिएको हो । उक्त मलको मुल्य झण्डै एक लाख नौ हजार पाँच शय पचास रुपैयाँ हुन्छ ।
सशस्त्र प्रहरी बलका पगियाप्रसारका प्रमुख भरत बहादुर विष्ट नेतृत्वको टोलीले गरेको मल बरामद गरेको हो । बरामद गरिएको रासायनिक मललाई सत्ती भन्सार कार्यालयमा बुझाइएको छ ।
किसानले रासानिक मल नपाएर भारतीय विभिन्न नाकाबाट ल्याउने गरेका छन् । कैलालीमा मल नपाउँदा किसानहरुले लगाउने धानबाली समेत प्रभावित भएको छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १४:०६
प्रतिक्रिया दिनुहोस्