सेप्टी ट्यांकीमा डुबेर बालिकाको मृत्यु
टीकापुर, असार ८
कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं. १ बौनियाँमा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
मंगलबार साँझ खेल्ने क्रममा सेप्टीट्यांकीमा खसेर लम्की चुहा नगरपालिका वडा नं. ४ कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपनाको मृत्यु भएको हो ।
सवा सात बजे सेप्टीट्यांकीमा फेला परेकी उनलाई अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको मृतक बालिकाकी आमा पवित्रा माझीले बताइन् ।
सेप्टीट्यांकीको सडक पट्टीको भागमा सानो प्वालबाट बिपना त्यसैमा खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १३:०६
प्रतिक्रिया दिनुहोस्