Hamro Patra
एमाले कार्यकर्ताले सरकारी गाडीका चाबी खोसे

टीकापुर, असार ८

कैलालीको धनगढीमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध गर्दै नेकपा एमालेका कार्यकर्ताहरुले सरकारी गाडीका चाबी खोसेका छन् ।

CMA Staff

नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ-ठाउँमा रोकेर चावी खोसिदिएका छन् ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए ।

नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update