Hamro Patra
Khadga Memorial And Janajagriti
टीकापुर विविधता र सम्भावना युक्त सहर हो । मात्र सर्वाङ्गिण विकासको पर्खाइमा रहेको छ । यो सहरको लामो गौरवपूर्ण आफ्नै इतिहास रचेको छ । स्तर उन्नति गर्नुपर्ने झन् भताभुङ्ग पारिएका छ्न् । विश्वमा हेर्ने हो भने समुन्द्रले र नदीले छोएका देशहरू आर्थिक सामाजिक र भौतिक रूपमा सुसम्पन्न छन् ।  प्राकृतिक रूपमा पाएको बहुआयामिक र बहुउद्देश्यीय सम्भावना बोकेको कर्णालीको किनारमा अवस्थित सुन्दर टीकापुर र यस वरिपरिको क्षेत्र ओझेलमा पर्नु दु:खद छ । 
 
छेउमा अवस्थित बिजुली मात्रै निकाल्ने हो भने १० हजार मेगावाटको बिजुली उत्पदन गर्नसक्ने क्षमता राख्छ कर्णालीले । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना सुस्त गतिमा निर्माणाधीन छ । यसले यहाँको उर्वर भूमिमा प्रयाप्त सिँचाइ भए कृषि क्षेत्रमा क्रान्ति ल्याउने नागरिकको जीवनमा उथलपुथल ल्याउने,उत्पादन बढ्ने,लाखौं हजारौं रोजगारी सिर्जना हुने, देशलाई समेत आत्मनिर्भर बनाउने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । अर्कोतिर महत्त्वपूर्ण पाटो पर्यटन क्षेत्रमा जोड्न सकिन्छ । 
 
दक्षिणतर्फ महोना नदीमा पाइने डल्फिनको संरक्षण प्रचारप्रसार,टीकापुर पार्क, कर्णाली चिसापानीको पुल,सत्ती कर्णाली सामुदायिक वन, भुराखानी, कैलाश्वर,छतिवन डुडेझारी जंगल आदि आदिलाई विशेष संरक्षण गरी बगैंचाको रूपमा विकास गर्न सकिन्छ । यहाँबाट उत्पादन हुने वनपैदावार काठ जडिबुटी घाँसको सदुपयोग संरक्षण सम्बर्द्धन उपयुुक्त विधि नीति र प्रक्रियाको कमि देखिन्छ । सबैभन्दा राम्रो सम्भावना कृषि पछि पर्यटन क्षेत्र हो । शैक्षिक सम्भावना उत्तिकै छ । 
 
विकासका लागि श्रोत चाहिन्छ । आर्थिक श्रोत पहिलो शर्त हो । सूचना प्राविधिकको युगमा शिक्षा स्वास्थ्यको अनिवार्य सर्त हुन् । विकास,समृद्धि र विज्ञता सहित आधार र सम्भावना गहिरो दूरदृष्टि र पारदर्शी अध्यन पछि नीति निर्माण अक्षरश: लागू गर्नुपर्छ । सर्वदलीय सर्वपक्षीय साझा एजेन्डा तय अनि त्यसलाई महत्त्वका साथ प्राथमिकता र कार्यनयनमा जोड दिनुपर्छ ।सार्वजनिक पदमा जान होडबाजी गर्ने मम तँछाडमछाड गर्ने संकीर्ण सोचबाट ग्रसित मानसिकताबाट च्युत हुन जरुरी छ । आत्मनिर्भर नभई गरिने विकास श्रीलंका मोडेल हो । 
 
यहाँका स्थानीय सरकारले आपसी सहमति सहकार्य गर्ने मिलेर काम गर्न सक्नुपर्छ । भजनी,जोसिपुर,बर्दगोरिया,लम्की चुहा, महोन्याल, टीकापुर भनेर विभाजित मानसिकताले विकास हुनै सक्दैन । जाति,धर्म र दल जो होस जनहितमा आधारित हुनुपर्छ । सामूहिक हित सर्वोपरि हुन्छ । सरकारी गैरसरकारी कार्यालय स्थानीय निकाय प्रदेश र संघ बीच समन्वय हुन् शक्त जरुरी छ । जनताको सर्वोपरि हित एकता र सद्भावना जोड्ने सेतु हो । विभाजित मानसिकताले यो उदेश्य कहिल्यै पूरा हुनै सक्दैन । 
 
विकास भए सबै लाभान्वित हुन्छन् । राम्रो अस्पताल भए सबैले उपचार पाउछन् । राम्रो विद्यालय कलेज विश्व विद्यालय भए सबै बालबालिकाले पढ्न पाउछन् । उद्योग खोले रोजगारी सिर्जना हुन्छ । कुलो बने सबैले सिँचाइ गर्न पाउछन् । नेता राजनीति दलहरूले काम गरेर श्रेय लिने परम्पराको थालनी गर्नु पर्‍यो । सस्तो लोकप्रियता बटुल्ने र भोटको राजनीतिले देश बर्बाद र खोक्रो भएको होइन र ? विकास गर्न होडबाजी गरौं । विकासको राजनीति गरौं । विकासमा अवरोध पुग्ने कथित राजनीति कसैले नगरौं ।
 
उता जंगल मासिदै गएका छन् तर यता उपभोग एक डलप कुकाठ दाउरा पाउन हानथाप भनसुन चल्छ । यसैमा अनियमित भ्रष्टाचारको हुन्छ, कमिसन खान्छन् । यो सबैलाई थाहा छ । जडिबुटी फलफूलका विरुवा रोप्ने, जंगली जनावर पाल्ने, बेचबिखन गर्ने, नयाँ आकर्षक रिसोर्ट बनाउने, पर्यटकहरूलाई आकर्षकको केन्द्र बनाउने । घुम्न लायक खर्च गर्ने बनाउने यसले नागरिकको आर्थिक उपार्जन उत्पादनसँग जोड्छ भने जनताको आय आर्जन दैनिकी जीवनमा परिवर्तन ल्याउ छ ।
 
उफ!तराईको गर्मी कस्तो,ट्याट्या टुटु, घाघु, पिपि, पुपु गाडीहरू ओहोरदोहोर ध्वनि प्रदुषण साथै अस्तव्यस्त सडक धुलो धुवाँआवाज र व्यस्त दैनिक दौडधुप तनावबाट मुक्त हुन् चाहन्छन् । केही समय भएपनि नदीमा सयर गर्ने, नुहाउने पौडी खेल्ने कोलाहल मुक्त हुन् चाहन्छन्, मानिस । नदी किनारमा खाने खेल्ने व्यवस्था फोटो खिच्ने दृश्य अवलोकन गर्ने नपारी बर्दिया राष्ट्रिय निकुञ्ज छ,बीचमा नदी वा मजै बेग्लै । 
 
बनभोज(पिकनिक) स्थल बनाउने । बाहिर बाट आउने सम्पूर्ण पर्यटकलाई चाहिने खाद्यान्न देखि पेय पदार्थ सरसामान यहीँ उपलब्धता र यहाँको स्थानीय उत्पादनको स्वाद चखाउने स्थानीय वस्तु र सामग्रीको उपयोग गराउने ।सुविधा दिने खर्च लिने सरसफाइ शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी हुनुपर्छ । आमदानी नगरी हुँदैन । पिकनिक खान टीकापुर पार्क आउने सामग्री सबै उतैबाट बोकेर ल्याउने खाली पार्कको टिकट बेचेर मात्रै पुग्दैन । हो! सुविधा र खर्च गर्ने ठाउँ वस्तु पनि हुनुपर्छ । 
 
त्यो स्थानीय उत्पदन र यहाँको पहिचान हुनुपर्छ । जस्तैः केराको अचार, केराको वाइन, केराकै चट्नी,केराकै चिप्स, केराकै सबथोक बनाना रिसोर्टलाई मुरी मुरी धन्यवाद! हामी चिसापानीमा जान्छौं, कर्णालीको माछा खाने रहर लाग्छ तर त्यहाँ कर्णालीको माछा भनेर पोखरीको माछा खुवाउछन् । त्यो ठगी भयो पैसा त कमाई गर्लान् आम बुझाइ विश्वसनीयता के रह्यो र ? माछा खान नपाए चिसापानी गएका हुन् र ? पोखरीका माछा त बजारमा छ्याप्छ्यप्ती पाइन्छ । दाल चामल विदेश पानीका बोत्तल विदेशी शक्तिवर्धक र नशालु पेय पदार्थ विदेशी गीत बाजागाजा विदेशी यहाँको कला संस्कृति उत्पादन विशेषता महत्त्व ,महिमा के भयो र रह्यो ? 
 
दूरदृष्टि साझा भावना जनप्रिय नेतृत्वको सख्त खोजी भैरहेको छ । जातीय भेगीय दलगत नाराले चुनाव जितिन्छ पनि होला । संसद मन्त्री मेयर अध्यक्ष पनि भइरहेकै छौं तर टीकापुर हार्छ किन ? यो संक्रमण रोगको निधान नभएको किन ? देशमा यत्रो राजनीति व्यवस्था परिवर्तन भयो,टीकापुरमा परिवारवाद जातीय भेगीयता संकीर्ण सोचबाट मुक्त किन हुन् सकेन ? यहाँको आवस्यकता सार्वजनिक हित र सरोकारसार्वजनिक संस्था माथिको रवैया कब्जा दोहन रोक्न किन सकिएन ? कुपात्र बाधक स्पष्ट छ तिनैको हालीमुहाली चल्छ अनि कसरी एकता हुन्छ ? एकताको सुत्र सार्वजनिक हित नै हो । 
 
एकात्मक स्वार्थ मैमत्ता पुरातन सोंच अहमता सीमित झुन्ड वरिपरि रमाइने गुन्डागर्दी शैली अपनाउने, म वाद, जातीयता  क्षेत्रीयता पालेर समाजको एकता र विकास हुँनैसक्दैन । अवसर स्वार्थ निषेध दुराग्रह भावनाबाट मुक्त किन हुन सकेनौं ? राजनीति टीकापुरको चौतर्फी विकास झन्झन् खस्किएको छ । भौतिक विकास नभए पनि सामाजिक विकास आपसी हित सद्भाव पनि कायम भएन भने सुशासन कसरी हासिल हुन्छ र समतामूलक समाजको निर्माण कसरी हुन्छ ? 
 
टीकापुर १, कैलाली
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update