Hamro Patra
जंगली हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो

 टीकापुर, असार ४

जंगली हात्तीको आक्रमणबाट कैलालीको टीकापुरमा एक महिलाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक न १६ कि ५० वर्षकि टंकी सोडारीको हात्तीको आक्रमणबाट ज्यान गएको हो । उनलाई शनिवार वडा नं २ स्थित सन्कट्टीघाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीले आक्रमण गरेको थियो ।

Khadga Memorial And Janajagriti

   शनिबार दिउँसो ५:३० बजे जंगलमा हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मृतकका आफन्त झपट सोडारीले बताए । मृतक सोडारीका दुइटा छोरा छन । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले कर्णाली नदी तटबन्धको काम गरिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको बताए ।

मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ। उनका श्रीमान यस अघि नै बितेका थिए ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update