Hamro Patra

सीताराम ओझा
धनगढी, बैशाख २६
धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आजदेखि क्वाटरफाईनलका खेल सुरु भएका छन् ।

आज भएका दुई क्वाटरफाईनल खेलमा जित हात पार्दै वडा नम्बर ७ र वडा नम्बर १२ सेमिफाईनल प्रवेश गरेका छन् ।

मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ७ सेमिफाईनल पुगेको छ । वडा नम्बर १५ लाई ४–३ गोल अन्तरले हराउदै वडा नम्बर ७ अन्तिम चारमा पुगेको हो ।

Khadga Memorial And Janajagriti

पहिलो हाफमा ३–० ले पछाडी परेको स्थिति उल्टाउदै दोस्रो हाफमा चार गोल गर्दै वडा नम्बर ७ ले सानदार जित दर्ता गरेको हो । वडा नम्बर ७ का लागि प्रकाश सिंहले दुई तथा किरन वोहोरा र जनक बमले एक एक गोल गरे । वडा नम्बर १५ का लागि निरज खातीले ह्याट्रिक सहित तीन गोल गरे पनि आफ्नो वडालाई जिताउन सकेनन् ।

आजै भएको दोस्रो खेलमा वडा नम्बर वडा नम्बर १२ विजयी हुदै सेमिफाईनल पुगेको छ । घरेलु दर्शकको साथ पाएको वडा नम्बर १२ ले वडा नम्बर १६ लाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

वडा नम्बर १२ ले पहिलो गोल आत्मघातीको रुपमा उपहार पायो । मदन चौधरीले प्रहार गरेको बल आफ्नै पोष्टमा गोलमा परिणत भएको हो । वडा नम्बर १२ का लागि टेकवहादुर थापा र भीम थापाले एक गोल गरे ।

नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत शुक्रवार पनि दुई वटा क्वाटरफाईनलका खेल हुनेछन् । तेस्रो क्वाटरफाईनलमा वडा नम्बर १४ र वडा ८ प्रतिस्पर्धा गर्नेछन । अन्तिम क्वाटरफाईनलमा वडा नम्बर १९ र वडा नम्बर १३ भिड्ने छन ।

भोलि सेमिफाईनल सेमिकरण पुरा भएपछि शनिवार भने कुनै खेल हुने छैन् । आईतबार दुई वटा सेमिफाईनल र सोमबार उपाधिका लागि फाईनल खेल हुनेछ ।

प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उप विजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update