Hamro Patra
मन्त्री आलेद्वारा एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज

काठमाडौं, असार ३

पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् ।

CMA Staff

फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूणर् पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए ।

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ- अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए ।


अन्नपूणर् पोष्ट

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update