Hamro Patra

सीताराम ओझा
धनगढी, बैशाख २६
आगामी जेठ १८ गतेदेखि २८ गतेसम्म कैलालीको अत्तरीयामा गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

पिएफए अत्तरियाको आयोजनामा पहिलो पटक फुटबल प्रतियोगिता हुन लागेको हो । वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टीमको सहभागीता रहने आज अत्तरियामा पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको छ ।

Khadga Memorial And Janajagriti

प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगीताका प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

३८ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा देशका विभिन्न १६ वटा क्लवहरुले सहभागीता जनाउने र प्रतियोगितामा सहभागी हुने क्लवले प्लेइङ सेटमा ३ जना विदेशी खेलाडी खेलाउन सक्ने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update