सेती नदीमा खसेर गर्भवती महिलाको मृत्यु
डोटी, असार २
डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।
रोपाईं गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा आदर्श गाँउपालिका-६ की १८ वर्षीया ढुल्लु अधिकारीको फट्केबाट नदीमा खसेर मृत्यु भएको स्थानीय वीरबहादुर थापाले जानकारी दिए ।
नदीमा खसेकी उनको शव फट्के नजिकै फेला परेको थापाले बताए । स्थानीयबासिन्दाका अनुसार गत मंसिरमा विवाह गरेकी उनी गर्भवति थिइन् । उनका श्रीमान् रोजगारीको लागि भारतमा छन् ।
पोहोर कात्तिकमा सेतीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयबासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् । गत हप्ता पनि यहाँबाट खसेर एक जना गम्भीर घाइते भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १८:०६
प्रतिक्रिया दिनुहोस्