Hamro Patra
सुदूरपश्चिम प्रदेशमा ३६ अर्ब ७४ करोडको बजेट

टीकापुर, असार १

सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्व ७४ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले आज प्रदेश सभामा यति रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

Khadga Memorial And Janajagriti

आर्थिक मामिला मन्त्री रावलले चालुतर्फ १२ अर्व २९ करोड अथवा ३३.४६ प्रतिसत र पुँजीगततर्फ २४ अर्ब १४ करोड अथवा ६५.७४ प्रतिसत बजेट विनियोजन गरेका छन्। बजेटको आकार संघीय सरकारले दिएको समानीकरण र ससर्त अनुदानका कारण बढेको हो।

प्रदेश सरकारले गत वर्षको भन्दा ६ अर्बभन्दा बढी बजेट विनियोजन गरे पनि, पुरानै योजनाहरुलाई निरन्तरता दिएको छ। प्रदेश सरकारको यो अन्तिम बजेट हो। अन्तिम बजेटमा पनि कुनै नयाँ कार्यक्रम आएनन्। प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) भने खारेज गरेको छ। यसपछि प्रदेश सभाको निर्वाचन हुने भएकाले पनि यो कार्यक्रम खारेज गरिएको हो।

प्रदेश सरकारले यार्सागुम्बा जस्ता हिमाली जडिबुटीको टिस्युकल्चर गर्नेजस्ता आकर्षक तर पूरा नहुने कार्यक्रम सार्वजनिक गरेको छ। कात्तिकमा चुनाव हुने सम्भावना देखेपछि, चालुभन्दा पुँजीगत खर्च बढी राखिएको छ।

चुनाव अघि मतादाता प्रभावित गर्ने उद्देश्यले योजना बाँडफाँड गर्नका लागि पुँजीगत खर्च बढी राखिएको छ। गत वर्ष पूर्वाधार निर्माणका लागि ९ अर्बभन्दा बढी रकम राखिएकोमा यस वर्ष त्यो रकम घटाएर ५ अर्ब राखिएको छ भने मतदातालाई दिन मिल्ने स-साना टुक्रे योजनालाई लाई बढी प्राथमिकता दिइएको छ।

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update