Hamro Patra
राजापुरस्थित एक वनका अध्यक्षसहित ३ जनाविरुद्ध अख्तियारमा मुद्दा

टीकापुर, जेठ ३१

बर्दियाको राजापुर नगरपालिका वडा नं. ७ को एक सामुदायिक वनका अध्यक्षसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग आयोगले आरोपपत्र दायर गरेको छ ।

CMA Staff

आयोगले विशेष अदालत काठमाडौंँमा राजापुर नगरपालिका वडा ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार सङ्कलन भई टेण्डर प्रक्रिया बमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी-२ बर्दियालाई लिलाम बिक्री गर्ने क्रममा अनियमितता गरेको अयोगको अनुसन्धानले देखाएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तीनजनाले २ लाख ७८ हजार ८४ रुपियाँ भ्रष्टाचार गरेको पुष्टि भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update