Hamro Patra
माया मेट्रोमा शल्यक्रिया गरेका शिशुको मृत्यु

धनगढी, बैशाख २६
धनगढीस्थित माया मेट्रो अस्पतालमा शल्यक्रियापछि एक शिशुको आज मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–५ मौरानियाका बिरबहादुर चौधरीका १७ महिने शिशुको मृत्यु भएको बताईएको छ । शिशुको यही २४ गते हर्नियाको शल्यक्रिया गरिएको थियो ।

Khadga Memorial And Janajagriti

डाक्टरको लापरवाहीले शल्यक्रिया गरेको दुई दिनमै शिशुको मृत्यु भएको आफन्तको आरोप छ ।

तर शल्यक्रियामा संलग्न चिकित्सक विनय तिम्लसिनाले ढिलोगरी अस्पताल ल्याईएको दावी गरे । उनले शल्यक्रियापछि परिवारले शिशुको हेरचाह नगरेका कारण मृत्यु भएको बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update