मन्त्री रावलद्धारा भवन शिलान्यास
टीकापुर, जेठ ३०
सुनचाँदी रत्न आभुषण व्यवसाय संघ टीकापुरले निर्माण गर्ने भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. २३ मा निर्माण हुने संघको भवनको शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दै मन्त्री रावलले भवनको निर्माणसँगै परम्परागत कला र गरगहनाको संरक्षण हुने बताए । उनले समयानुकुल तालिम तथा सीप विकास गर्नका लागि संघले लाग्नुपर्ने बताए ।
संघका अध्यक्ष देवबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा खडक सुनार लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव तुला साहुले गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १९:०६
प्रतिक्रिया दिनुहोस्