Hamro Patra
जिसस कैलालीमा दुई सदस्य गोपाप्रथाबाट विजयी

टीकापुर, जेठ ३०

जिल्ला समन्वय समिति कैलालीमा आज सम्पन्न भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सत्तारुढ गठबन्धनलाई साथ दिएका छन् । धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको हो ।

समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

CMA Staff

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले समेत गठबन्धन गरेका थिए । उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निणर्ायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

उता, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन भनेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको सदस्यहरुमा काँग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द, माओवादीबाट दिलु कामी, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल तथा विजयी भएका छन् ।

दुई सदस्य गोलाप्रथाबाट विजयी

खुल्लातर्फ एमालेका मानबहादुर साउँद र तेजबहादुर चन्दको समान १२ मत आएको थियो । गोलाप्रथा गर्दा चन्द विजयी भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बि.क.को समेत समान १२ मत आएको थियो । उनीहरु मध्ये गोलाप्रथाबाट भुल विजयी भएकी हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update