राजा महेन्द्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सिकार खेल्ने सिलसिलामा हृदयघात भएछ । लगत्तै काठमाडौं लगेर स्वदेशी तथा विदेशी डाक्टरको सघन उपचार पश्चात् राजाको उपचार भएछ । डाक्टरले दिएको सल्लाह बमोजिम राजालाई सख्त आरामको जरुरत परेछ । जसको लागि शान्त रमणीय प्राकृतिक रूपमा उपयुक्त ठाउँमा एकान्त बस्न सुझाएछन् । देशभर खैलाबैला मच्चियो । कसैले कहीं कसैले कहीं सुझाए ।
वैद्य, डाक्टर, सेना, मन्त्री, सुसारे, भारद्वार, पाले, प्रहरी, गण्यमान्ने, भद्र, भलादमी, सल्लाहकारहरु देश दौडाहामा कुदे । त्यस्तो ठाउँ कहाँ हुनसक्छ भनेर राय सूचना दिन आदेश भयो । नेपालभर त्यस्तो सबैभन्दा उपयुक्त छनोटमा टीकापुर पर्यो । बन्दोबस्त गर्न तत्कालीन मन्त्री स्वर्गीय खड्गबहादुर सिंहलाई जिम्मेवारी दिए । पछि सिंहलाई नै टीकापुर विकास समिति बोर्ड गठन गरी टीकापुरलाई मानव बस्ती बिस्तार गर्ने अधिकार प्रत्यायोजन गरियो ।
वि.सं २०२७ साल अघि टीकापुर घना जंगल थियोे । देशमा हुकुमी र निर्दलीय पञ्चायती व्यवस्था थियोे । प्राकृतिक रूपमा अनुपम कणर्ाली नदीको किनार स्वच्छ शुद्ध हावापानी जैविक विविधताले भरिपूणर् शान्त आरोग्य जीवनको लागि उपयुक्त ठाउँ कुशल कालिगडद्वारा आकर्षक राजकुटी निर्माण गरी जहाँ राजा महेन्द्रले आरोग्य जीवन र पूणर् स्वास्थ्य लाभ गर्नु भएको थियोे ।
तत्पश्चात आरोग्य क्षेत्रमा महेन्द्र रत्न आरोग्य गृह नामकरण गरियो । उक्त आरोग्य गृह आज पनि संरक्षित गरिएको टीकापुर पार्क (बृहत उद्यान) बाहिरी र आन्तरिक पर्यटकहरूको पहिलो आकर्षक केन्द्रको रूपमा चिनिन्छ । राजाले लगभग एक महिना टीकापुरलाई अस्थायी राजधानी बनाइए । यहीँबाट राज गर्नु भएको थियोे । राजा महेन्द्र खुसी भइ टीकापुरलाई मानव बस्ती बसाउन आधुनिक शहरमा विकास गर्न आदेश दिनुभयो ।
मोटरबाटो त के गोरेटो बाटो पनि थिएन, पुलपुलेसा थिएनन् । बिजुली, बत्ती, विद्यालय, अस्पताल र शान्ति सुरक्षा हुने कुरै भएन । तराईमा औलो, सरौटो, दादुरा, झाडापखाला लाग्ने, हिंस्रक जंगली जनावरको डर उत्तिकै, सुविधा केही नभएपछि यस्तो अनकन्टार विकट ठाउँमा आएर बसाइँसराइ गर भनेर कसले मान्ने ?
श्रदेय खड्गबहादुर सिंहको नेतृत्वमा टीकापुरलाई बृहत गुरुयोजना तयार पारी दूरदृष्टिका साथ नमुना नक्सांकन गरी आवश्यक पूर्वाधार अस्पताल विद्यालय खानेपानी सडक निर्माण गर्ने, ब्लक छुट्याइएको व्यवसाय व्यापारी उद्योगलाई चाहिने जमिन छुट्टाछुट्टै पारियो । आधुनिक शहरलाई चाहिने पूर्वाधार हवाई मैदान निर्माण गरी टीकापुरबाट काठमाडौं गएका मानिस साक्षी छन् । पहाडी जिल्लामा कार्गो समेत भर्थे । १४ अञ्चल ७५ जिल्लाका मानिसलाई टीकापुर आउन आव्हान गरियो । टीकापुर बसोबास योग्य बनाइयो । आधारभूत पूर्वाधारको निर्माण भए ।
टीकापुर साच्चै सबै जातजाति भाषाभाषी साझा फूलबारी हो । व्यवस्था परिवर्तन पछि टीकापुरमा जुन गतिमा विकास हुनुपर्ने हो त्यो नभई भएको पनि प्रयोगविहीन र जीणर् बन्नु दुःखद पक्ष हो । त्यतिबेला जंगल फडानी गर्न चाहिने जनशक्ति पाउन मुस्किल थियोे । आसपासबाट टीकापुरको जग बसाल्न मजदुरले बगाएको रगत पसिनाको भूमिका कसरी भुल्न सकिन्छ र ?
विकास समितिले टीकापुर बस्न र आकर्षक गर्न काठ इट्टा सित्तैमा दिने गर्दथ्यो । स्वर्गीय सिंहको कार्यकालमा पनि कतिपय टाठाबाठाले सित्तैमा खडेरी जमिन अधिक फाइदा लिए तर व्यवस्था परिवर्तनपश्चात् यो क्रम झन् बढेर गयो । विकास समितिलाई दुहुनो गाई बनाए । सकेजति सबैले दोहन गरे । यो ठाउँको विकास कसरी हुन्छ भन्ने भन्दा पनि आफूलाई र आफन्तलाई कसरी काइदा हुन्छ ध्यानै मात्रै त्यतातिर गयो ।
बहुदलीय व्यवस्थापश्चात् टीकापुर २०४८ साल भन्दा यता गाविस हुँदै नगरपालिका पनि भयो । आज संघीय लोकतान्त्रिक गणतन्त्र राज्य पुनर्संरचना संविधान सभाले बनाएको संविधान अनुसार स्थानीय तहको दोस्रो निर्वाचन समेत भइसकेको छ । जनतालाई कर थोपर्ने र यहाँका संघ संस्थामा राजनीति दलका भर्ती केन्द्र बनाइए । सार्वजनिक संघ संस्था भद्रगोल पारिए । निजी तथा बोर्डिङ स्कुल खोल्ने सरकारी तथा सामुदायिक विद्यालय कमजोर बनाइयो ।
यो क्षेत्रबाट सांसद, मन्त्री, मेयर अध्यक्ष हुने जनताको जनप्रतिनिधि बन्न सकेनन् । सद्भाव बिगार्ने जातीय, क्षेत्रीय नारा लगाएर जनतामा वैमनस्यता बढाउने आफ्नो निहित राजनीति स्वार्थ पूर्तिका लागि अनवरत छन् । यो तालमेलले टीकापुरको विकास सम्भव छ ? साझा भावना दूरदृष्टि भएको नेतृत्व र दूरदर्शिता चाहिएको हो । जहाँ पनि लफडा, फोहोरी, गन्धा राजनीति एकले अर्कोलाई निषेध दुराग्रहपूणर् मनसाय प्रतिशोधको भावना त्यो पनि व्यक्तिगत स्वार्थ सिद्ध गर्न । साझा संस्था राज्यका निकायले गर्ने काम प्रचलित कानुन र जनताको हक र अधिकार प्रत्याभूति दिने खालको हुनुपर्छ । पार्टी दल जातको भावनात्मक सम्बन्ध हुन सक्छ तर सार्वजनिक पदको गरिमा बचाउने जिम्मेवारी भुल्नु हुँदैन ।
टीकापुर, कैलाली