Hamro Patra
‘वर्तमान सरकार संघीयता विरोधी’–निधि

लम्की, बैशाख २५
नेपाली काँगेसका उपसभापति बिमलेन्द्र निधिले वर्तमान सरकार संघीयता विरोध भएको आरोप लगाएका छन । राष्ट्रिय जागरण अभियानको आज लम्कीमा उद्घाटन गर्दै उनले सरकारले संघीयता कार्यान्वयन गर्न नचाहेको बताए ।

उनले कम्युनिष्टहरु संघीयतावादी हुन नसक्ने ठोकुवा गरे । उनले वर्तमान सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा संघीयता कार्यान्वयनका कुनै कार्यक्रम नसमेट्नुले यस्तो पुष्टी गर्ने बताए ।
उनले वर्तमान सरकार काण्डैकाण्डको सरकार भएको आरोप लगाउँदै जनताका पक्षमा काम नसकेर असफल भएको बताए ।

Khadga Memorial And Janajagriti

उनले ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस’ भन्ने मुल नाराका साथ शुरु गरेको राष्ट्रिय जागरण अभियानले पार्टीको संगठनलाई सुदृढीकरण गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रशिक्षण विभागका सदस्य डा. आरजु राणा देउवाले जनताको पक्षमा काम गर्ने पार्टी काँग्रेस मात्रै भएको बताईन । सो अवसरमा काँग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि श्याम घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रममा कैलाली जिल्लाका सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update