Hamro Patra
काम नगर्ने नौ वटा कम्पनीको ठेक्का रद्द

टीकापुर, जेठ २४

समयमा काम सम्पन्न गर्ने नौ वटा निर्माण कम्पनीको ठेक्का नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले रद्द गर्ने भएको छ । ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको भन्दै प्रादेशिक कार्यालयले ठेक्का रद्द गर्ने भएको हो ।

CMA Staff

कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ ।

रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा. लि, जे.भी, बाजुरा तथा बझाङ जिल्लामा ११/०.४-०.२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्र/उदयदेव, लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा पाएका थिए ।

आरके इन्टरनेशनल काठमाडौँ, कञ्चनपुरको पुनर्वास र बैतडीको पाटन मेलौलीमा ३३/११ केभी ६/८ एमभीए सबस्टेशन निर्माण कार्य । दावारमैनावती जेभी बानेश्वर डोटीको तिख्वात्तरमा ३३ केभी लाइन निर्माण कार्य । विभान्सुर ईन्द्रधनु जेभी बानेश्वर कैलालीको सुखरखालमा ३३/११ केभी ३ एमभीए सबस्टेशन निर्माण कार्यको जिम्मा पाएका थिए ।

भाग्यलक्ष्मी कन्ट्रक्सन धनगढी ३ कैलाली, सताकृ खिम्ती कन्ट्रक्सन रामेछाप, सुनिता एण्ड कविता एएस जेभी भक्तपुर र उप्रती पोल एण्ड पायप इन्ड्रस्ट्रिज प्रालि बाँकेले निर्माण कार्यको जिम्मा पाएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update