Hamro Patra
अझै उठेन शाहीको शवः एसएसपी पाण्डे नेतृत्वको टोली खटाइयो

टीकापुर, जेठ २४

सुदूरपश्चिमको पहाडी जिल्ला अछामको पञ्चदेवल विनायकका विनोदबहादुर शाहीको शव अझै उठेको छैन । गत शनिवार पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ का १६ वर्षीय किशोर शाहीको शव फेला परेको थियो । स्थानीयले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै घटनास्थलबाट शाहीको शव उठाउन दिएका छैनन् ।

CMA Staff

मृत्यु प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली खटाएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी मोहनकुमार आचार्यका अनुसार अपराध अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा खटाइएको टोली अछाम पुगिसकेको छ ।

आजदेखि एसएसपी नेतृत्वको टोलीले अनुसन्धान शुरु गर्ने उनले बताए । यसअघि सीआईबीका डिएसपी मनोहरप्रसाद भट्टको कमाण्डमा ६ सदस्यीय टोली पनि खटाइएको छ । सीआईबीको टोली खटाइएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।

शाही पञ्चदेवल विनायक वडा नं. ४ कै कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट एक किमी तल जंगलमा मृत फेला परेका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन सो नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच विवाद भएको थियो ।

चुनावको विषयलाई लिएर कालिकास्थानमा एमाले र काँग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ । एमाले कार्यकर्ताहरूले काँग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update