टीकापुर, २३ जेठ
जिल्ला समन्वय समिति कैलालीको नेतृत्वका लागि विभिन्न पदमा १८ जनाको उम्मेदवारी परेको छ । जेठ ३० गते हुने निर्वाचनका लागि १८ जनाको मनोनयन दर्ता भएको हो ।
जिल्ला समन्यव समिति कैलालीको प्रमुख पदका लागि नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
गठबन्धनका साझा उम्मेदवार कलेल गौरीगंगा नगरपालकिा वडा नं. ८ र चौधरी जानकी गाउँपालकिा वडा नं. ६ बाट निर्वाचित भएका हुन् ।
यस्तै जिससको उपप्रमुखका लागि पनि २ जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट खगराज भुषाल र नेकपा एमालेबाट राजेन्द खनालको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधकिृतको कार्यालयले जनाएको छ ।
यस्तै अन्य ७ जना सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सदस्य पदका लागि नेपाली काँग्रेसका तेजबहादुर चन्द र वृखबहादुर बुढा, नागरिक उन्मुक्तिका टीकाराम डगौरा, प्रेमलाल चौधरीको उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेका मानबहादुर साउँद र रामचन्द कठरिया थारु, नेकपा एकीकृत समाजवादीका लोकेन्द्र बहादुर ताडीको उम्मेदवारी परेको छ ।
महिला सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रका दिलु कामी र भावना चौधरी, नागरिकका दिलमाया विश्वकर्मा, एमालेका गौरीदेवी जैशी र समाजवादीका जानकीदेवी चौधरीको उम्मेदवारी परेको छ ।
त्यस्तै एकजना दलित वा अल्पसंख्यक सदस्यका लागि नागरिक उन्मुक्तिकी सरिता भुल र माओवादी केन्द्रका पार्वती वि.क.को उम्मेदवारी परेको छ ।
जिसस कैलालीको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल भएको छ भने, एमाले र नागरकि उम्मुक्ति पार्टीबीच समेत तालमेल भएको छ ।