टीकापुर, जेठ २२
कैलाली उद्योग वाणिज्य संघमा दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन् । जेठ २८ गते हुने संघको चुनावमा दुई समूहले प्यानलसहित तयारी थालेका हुन् ।
वर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानलले आज मनोनयन दर्ता गरेका छन् ।
कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्र रूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् ।
यस्तै राठी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, बाणिज्य उपाध्यक्षमा केशव जोशी, वस्तुगत उपाध्यक्षमा केशव पाण्डेय, महासचिवमा सिद्धराज पनेरू, कोषाध्यक्षमा रंजन शर्मा र सचिवमा महेन्द्रबहादुर सिंह रहेका छन् ।