Hamro Patra

अछाम, जेठ २१

सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा एक किशोर मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ तल्लो कुच्चीस्थित भिरमा १७ वर्षीय किशोर मृत भेटिएका हुन् ।
पाँच दिनदेखि हराइरहेका किशोरको उक्त भिरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

CMA Staff

प्रहरीका अनुसार विनोद शाही मृत भेटिएका हुन् । उनी नेकपा एमालेका कार्यकर्ता समेत रहेको बताइएको छ । उनको शव फेला परेपछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भइरहेको प्रहरीले बताएको छ ।

एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन् । कार्यकर्ताहरूबीच विवाद भएर आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन । प्रहरी टोली अनुसन्धानका लागि जाने क्रममा छ ।

पार्टीका कार्यकर्ताहरूबीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको दिनदेखि नै लफडा शुरू भएको प्रहरीको भनाइ छ । किशोरको शव फेला परेपछि त्यसदिनदेखि शुरू भएको विवादले उग्र रूप लिएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update