Hamro Patra
नागरिक उन्मुक्तिले जिसस कैलालीको प्रमुखमा लालवीर चौधरीलाई अघि सार्ने

टीकापुर, जेठ २०

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लालवीर चौधरीलाई अघि सार्र्ने भएको छ । पार्टीका केन्द्रिय सदस्य समेत रहेका चौधरीलाई उन्मुक्तिले प्रमुखमा अघि सार्ने भएको हो ।

पार्टी सम्बद्ध श्रोतले दिएको जानकारी अनुसार नागरिक उन्मुक्तिले चौधरीलाई प्रमुखका रुपमा अघि सार्ने तयारी गरेको छ ।

Khadga Memorial And Janajagriti

चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत वडा नं. ४ का अध्यक्ष हुन् । तत्कालीन समयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

बिहीवार जिल्ला समन्वय समितिको नेतृत्व चयनका लागि नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र माओवादी केन्द्रबिच सहमति भएको थियो ।

नागरिकका केन्द्रिय सदस्य रमेश विश्वकर्माका अनुसार तीन दलीय सहमति अनुसार प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले लिने गरि सहमति भएको हो ।

कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ ३० गते निर्वाचन हुनेछ ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ मतभार आवश्यक पर्दछ ।

स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीका ७, एमालेका ५ र माओवादी केन्द्रका ४ जना प्रमुख/उपप्रमुख छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update