Hamro Patra
पत्रकार बिष्टमाथि आक्रमण

धनगढी, बैशाख २२
धनगढीस्थित दिनेश एफएमका पत्रकार जनक बिष्टमाथि व्यापारी तेजेन्द्र थापाले आज हातपात गरेका छन ।

स्थानीय त्रिनगर माविको सटर भाडाका बारेमा समाचार संकलन गर्न गएका बिष्टलाई थापाले प्रधानाध्यापकको कार्यकक्षमै हातपात गरेका हुन । थापा तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुन । उनी विद्यालयको सटरमा व्यवशाय गर्छन ।

Khadga Memorial And Janajagriti

विद्यालयका कुनै सटरको भाडा धेरै र कुनैको सटरको भाडा थोरै भएको गुनासो बिष्ट र अर्का पत्रकार कैलाश जोशी समाचार संकलनका लागि गएका थिए ।

कुटपिट भएपछि पत्रकार बिष्ट घाईते भएका छन । उनको मुखमा चोट लागेको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए । कुटपिटमा संग्लन थापा फरार भएका छन ।

यस्तै घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ ।

महासंघ कैलालीले पनि घटनाप्रति आपत्ती जनाएको छ । महासंघका सचिव मिन ठकुरीद्वारा जारी विज्ञप्तीमा दोषीमाथि कारवाहीको माग गरिएको छ ।

प्रेस युनियन कैलाली, नेपाल पर्यटन पत्रकार संघ लगायतले विज्ञप्ती मार्फत घटनाको निन्दा गरेका छन ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update