टीकापुर, जेठ १९
नगर विकास समिति टीकापुरका अध्यक्ष रामलाल डगौंरा थारुले टीकापुरका ब्लक नं. १ देखि ३२ सम्मका सार्वजनिक जग्गामा आँप, लिची, अम्बा, फूलहरु लगाउने बताएका छन् ।
टीकापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख समेत रहेका थारुले नगर विकास सतितिको अध्यक्षको पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन् ।
‘टीकापुरका १ देखि ब्लक नं. ३२ सम्मका सबै ब्लकहरुका सार्बजनिक जग्गाहरुमा आँप, अम्बा, लिची, फुलहरु लगाउने हाम्रो पहिलो प्रथमिकता रहेको छ’ थारुले भने ‘टीकापुर औद्योगिक क्षेत्रको जग्गा बिषयमा बिगतदेखि कुरा उठिरहेका छन् । औधोगिक क्षेत्रको जग्गा बिषयमा सबैले मिलेर अगाडि बढेमा औद्योगिक क्षेत्रको जग्गाका समस्याहरु समाधान गर्न हामी तत्पर रहेको छौं ।’
उनले आफूले टीकापुरका विद्यमान समस्याहरुको बारेमा गहिरो अध्ययन गरिरहेको बताए ।
पदस्थापन कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पुष्कर खड्का, टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाही, टीकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओड, नेपाली काँग्रेस नगर सभापति नरेश कुमार खत्री, एमालेका नगर अध्यक्ष धु्रबराज खत्रीलगायतले बोलेका थिए ।