जानकीमा नागरिकको एकलौटी कार्यपालिका
टीकापुर, जेठ १८
कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले एक्लौटी रुपमा कार्यपालिका सदस्य चयन गरेको छ ।
नौवटा वडा रहेको जानकीमा नगर प्रमुख, उपप्रमुखसहित पाँच वडा जितेको नागरिक उन्मुक्तिले कार्यपालिकाका छ वटै सदस्य एक्लौटी रुपमा चयन गरेको हो ।
चार जना निर्वाचित सदस्य र दुई बाहिरबाट गरी छ जना कार्यपालिका सदस्यहरुका लागि नागरिक उन्मुक्तिको मात्रै उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार कार्यपालका सदस्यमा लक्ष्मी चौधरी, पवित्रा विश्वकर्मा, पार्वतीदेवी डगौरा थारु, इन्द्रा सोप वि.क., नरबहादुर कुमाल क्षेत्री र राधा भुल निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ १९:०६
प्रतिक्रिया दिनुहोस्