Hamro Patra
टीकापुरमा नागरिकका पाँच, काँग्रेस दुई र माओवादी एक पदमा विजयी
Khadga Memorial And Janajagriti

टीकापुर, जेठ १८
टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका पाँच जना विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली काँग्रेसका दुई जना र माओवादी केन्द्रका एकजना निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारी अनुसार नागरिक उन्मुक्ति पार्टीबाट महिला सदस्यमा कैलाशपति चौधरी, रुपमति ड.थारु, सरस्वती तिरुवा र दुई दलित सदस्यका लागि दीपकबहादुर निसानी र मञ्जु वि.क. निर्वाचित भएका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट राजारानी चौधरी र दलित सदस्यमा रामबहादुर नगार्जी निर्वाचित भएका छन् ।
उता, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा लबरी चौधरी निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसबाट महिला सदस्य टंक वली कार्की, माओवादी केन्द्रका दिलु कामी र चन्द्र नेपाली भने पराजित भएका छन् ।
आठ जना कार्यपालिका सदस्यका लागि एघार जनाको उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update