Hamro Patra
घोडाघोडी नगरपालिका कार्यपालिकामा काँग्रेसको बहुमत

टीकापुर, जेठ १८

कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका नगर कार्यपालिकामा नेपाली काँग्रेसले बहुमत पाएको छ । पाँच महिलासहित आठ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा काँग्रेसले बहुमत पाएको हो ।

CMA Staff

नेपाली काँग्रसबाट निर्वाचित महिला सदस्य मध्ये गीता सुनार, बिष्णा देवी डगौरा, मिना कुमारी बि.क, एकीकृत समाजबादीबाट भवीसरा भण्डारी र नेकपा माओबादी केन्द्रबाट कमला कुमारी बि.क चुनारा निर्वाचित भएका छन् ।

त्यस्तै दलित वा अल्पसङ्ख्यक मध्ये नेकपा माओबादी केन्द्रबाट आकाश परियार, टेकेन्द्र बहादुर नेपाली र भक्त बहादुर बि.क. निर्वाचित भएको निर्वाचन अधिकृत भानदेव जोशीले जानकारी दिएका छन् ।

२२ सदस्यीय नगर कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत भएको छ । नगर प्रमुखसहित कार्यपालिकामा एकीकृत समाजबादीका दुई जना, उपप्रमुखसहित नेपाली काँग्रेसका तेह् जना, माओबादी केन्द्रबाट एक वडा अध्यक्षसहित पाँच जना, नेकपा एमाले र जनता समाजवादीबाट एक वडा अध्यक्ष अटाएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा नेकपा एमालेको बहुमत रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update