टीकापुर, जेठ १८
जिल्ला समन्वय समिति कैलालीको निर्वाचन जेठ ३० गते हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको निर्वाचन जेठ ३० गते हुने भएको हो । कार्यालयले दिएको जानकारी अनुसार २० गते मतदाता नामावली प्रकाशन हुनेछ ।
कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिन्ह् प्रदान गरिने छ । यस्तै ३० गते विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१३ पालिका भएको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन् । जसमा धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमाल स्वतन्त्र र गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएर चुनाव जितेका काँगे्रसका रामसमझ चौधरी मतदाता छन् ।
जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि १४ मत आवश्यक पर्छ ।