Hamro Patra
गोजुरियो कराँतेको प्रदेश कमिटी गठन
Khadga Memorial And Janajagriti

धनगढी, बैशाख २२
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको छ । पुर्व राष्ट्रिय कराँते खेलाडी अरुण कुँवरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।
संघको प्रथम उपाध्यक्षमा महेन्द्र सिहं ठकुरी, महासचिवमा हरि जोशी, सचिवमा विपिन कटुवाल रहेका छन । त्यस्तै कमिटीको सदस्यहरुमा किशोर शाह, विराज रोस्यारा, हेमन्त रेग्मी, तिलक साउँद, गोविन्द बानिया, कविता शाही, अर्जुन जैगडी, छत्र रावल, पवन शाहु, नविन सिहं, कुबेर खड्का, सुरेन्द्र बोहरा रहेका छन । अन्य बाकी पदहरु कार्यसमितीको पहिलो बैठकबाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष कँुवरले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले एक समारोहका विच नवगठीत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन ।
सो अवसरमा बोल्दै नगर प्रमुख ओडले खेलाडी देशको सम्पत्ति भएको बताए । उनले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यत्तिकै महत्वपूर्ण रहेको बताए ।
सो अवसरमा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले देशभर गोजुरियो करातेका गतिविधि बढाउनुका साथै समग्र खेल क्षेत्रको विकासमा संघको उपस्थिति बलियो बनाउने प्रयास भैरहेको बताए ।
साथै सोही अवसरमा नवनिवार्चित सदस्य हेमन्त रेग्मीले भखरै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा यस क्षेत्रका गोजुरियोका ४ जना खेलाडी तथा एक जना प्रशिक्षकलाई १० हजार बरावरको ट्रयाकसुट हस्तान्तरण गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update