Hamro Patra
टीकापुर नपामा नयाँ हाकिम

टीकापुर, २० चैत
टीकापुर नगरपालिकामा टोपेन्द्र केसी प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका छन । उनी यातायात कार्यालय दाङबाट सरुवा भएर आएका हुन ।

बुधवार टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केशरी रावल बिष्टले प्रमुख प्रशासकीय अधिकृत केसीलाई स्वागत गरेका छन ।

Khadga Memorial And Janajagriti

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केसीले टीकापुर नगरपालिकाले अवलम्वन गरेको लक्ष्यलाई साकार पार्न प्रयत्नरत रहने बताए । उनले पारदर्शी ढंगले जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य सरुवा भएर गएपछि केसी आएका हुन । स्थानीय तहको निर्वाचन पछि टीकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउने केसी चौथो हुन । निर्वाचनको बेला बालाराम शर्मा र त्यसपछि तुलसी आचार्य प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update