उम्मेदवारसँग निर्वाचन कार्यालयले माग्यो खर्च विवरण
टीकापुर, जेठ १५
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारहरुलाई निर्वाचन आयोगले खर्च विवरण बुझाउन भनेको छ ।
प्रदेश निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचनमा सहभागी उम्मेदवारहरु तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन भनेको हो ।
निर्वाचन कार्यालयले सम्पूणर् नगरपालिका/गाउँपालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र बुझाउन आग्रह गरेको छ ।
तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानूनबमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १०:०५
प्रतिक्रिया दिनुहोस्