Hamro Patra
खेल मैदानको शिलान्यास
Khadga Memorial And Janajagriti

टीकापुर, बैशाख २२
टीकापुर नगरपालिका–६ बेलुवामा खेल मैदान निर्माण हुने भएको छ । खेल मैदानको एक समारोहकाबीच आज सुदूरपश्चिम प्रदेश सरकार प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले शिलान्यास गरेका छन ।
खेल मैदानको शिलान्यासका क्रममा बोल्दै साँसद रावलले खेलकुदका माध्यमबाट समाजलाई समारात्मक दिशातर्फ डोर्याउन सकिने बताए । उनले खेलकुदले युवाहरुलाई कुलतबाट मुक्त गर्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा खेल मैदान निर्माण हुन लागेको हो । खेल मैदान निर्माणका लागि साँसद रावलले पहल गरेका हुन । उनी यस क्षेत्रबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्छन ।
खेल मैदानमा मञ्च, अतिथि कक्ष, खेल मैदान घेरावार लगायतका भौतिक संरचना निर्माण हुने बताईएको छ ।
साँसद रावलले प्रदेश सरकार र साँसद विकास कोषको लगानीमा निर्माण भैरहेका भौतिक पूर्वाधारहरुको स्थलगत अवलोकन गरिरहेका छन ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update