Hamro Patra
धनगढी विमानस्थल बन्द
Khadga Memorial And Janajagriti

धनगढी, बैशाख २२
सुदूरपश्चिमको एकमात्र नियमित उडान भैरहेको धनगढी विमानस्थल आजदेखी एक महिनाका लागि बन्द भएको छ । धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको कार्यालय प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
उनले विमानस्थल आगामी जेठ २१ गतेसम्म बन्द रहने बताए । त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको यस विमानस्थलको धावनमार्ग मर्मत र पार्कीङ क्षेत्र विस्तार गरिने भएको छ ।
हाल ६० मिटर चौडाई र १ हजार ८०० मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तरबृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ ।
कार्यालय प्रमुखका अनुसार थप एक जहाज पार्किङ गर्न सक्ने गरी क्षमता विस्तार हुनेछ । हाल ३ वटा जहाज पार्कीङको व्यवस्था रहेको छ । यसैगरी एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि लगायतका सेवा थप्ने योजना समेत रहेको छ ।
विमानस्थल बन्द नगर्न भन्दै धेरैजसो संघसंस्थाहरुले चर्को दवाव दिएका थिए । तैपनि धावनमार्ग मर्मतका लागि अन्य विकल्प नभएको भन्दै विमानस्थल बन्द गरिएको छ । धनगढी विमानस्थल बन्द भएपछि त्यसको चाप नेपालगञ्ज विमानस्थलमा परेको छ । नेपालगञ्ज विमानस्थलले अबदेखी दैनिक १६ उडान सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update