टीकापुर, जेठ १०
सुष्मिता रेग्मीको न्यायका लागि टीकापुरमा विरोध प्रदर्शन भएको छ । जष्टिस फर सुष्मिता लेखिएको कालो ब्यानर सहित ओमेन्स डाइनामिक क्लबले विरोध प्रदर्शन गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालय बिएस्सी एजीमा अध्ययनरत विद्यार्थी सीमा लामिछानेको नेतृत्वमा विरोध प्रर्दशन गरिएको हो । टीकापुर बहुमुखी क्याम्पसको गेटबाट सुरु भएको विरोध प्रदर्शन बजार परिक्रममा पछि खड्ग चोकमा पुगेर सम्पन्न भएको छ ।
विरोध प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुले खड्ग चोकमा कोण सभा र सडक नाटक समेत प्रदर्शन गरेका छन । उनीहरुले बलात्कार र यौन हिँसाका घटना रोक्न गरेका छन ।
यस्तै कानून संकायमा अध्ययनरत विद्यार्थीहरुले समेत सुष्मिता रेग्मीको न्यायका लागि विरोध प्रदर्शन गरेका छन । विद्यार्थी विकास आचार्यको नेतृत्वमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन ।
उनीहरुले समेत बलात्कारमा संलग्न व्यक्तिलाई कडा कानूनी कारवाहीको माग गर्दै सुष्मिता रेग्मीलाई न्याय दिनुपर्ने बताएका छन ।
काठमाण्डौंकी रेग्मीले आठ वर्षअघि आफूलाई लागु पदार्थ सेवन गराई बलात्कार गरेको कुरा सामाजिक सञ्जाल मार्फत सावर्जनिक गरेकी थिईन । उनले फोटो सेसन गराउने नाममा ती व्यक्तिले होटलमा राखेर बलात्कार गरेको आरोप लगाएकी छन ।
उनले आफू माथिको घटना सार्वजनिक गरेपछि प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ । उनी मिस नेपाल आयोजना गर्ने संस्थाका संयोजक हुन ।