धनगढी,९ जेठ
‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले सपथ लिएका छन् ।
उपाध्यायले जिल्ला अदालत कैलालीमा सपथ ग्रहण गरेका हुन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन् ।
यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशनसमेत दिएको थियो । तर, आज उनले सपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।
मोहन्याल गाउँपालिकाको प्रमुखमा बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार तीन हजार १ शय ३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४ शय १९ मतान्तरले विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धरम थापामगरले दुई हजार ७ शय १५ मत प्राप्त गरेका थिए ।
यसअघि गाउँपालिकाको वडा नं. ७ का वडाध्यक्ष रहेका उनीविरुद्ध राजश्व हिनामिना गरेको सम्बन्धी अख्तियार अनुसन्धान आयोगमा मुद्दा परेको थियो ।