Hamro Patra
फोरलेन सडक निर्माणमा मन्त्री सकारात्मक

टीकापुर, बैशाख १९
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले लम्की–टीकापुर–खक्रौलासम्म चारलेन सडक आगामी नीति तथा कार्यक्रम समेट्ने प्रतिवद्धता दोहो¥याएका छन ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाँई नेतृत्वको टोलीसँग आज मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री महासेठले चारलेन सडक निर्माणका लागि प्रयाप्त बजेट विनियोजन गर्ने बताए ।

Khadga Memorial And Janajagriti

उनले यसअघि टीकापुर महोत्सव २०७५ को उद्घाटन गर्दै सो सडक चारलेन बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले हजारौं जनताका अघि गरेको प्रतिवद्धतालाई कुनैपनि हालतमा पूरा गर्ने बचन दिएको संघका अध्यक्ष चपाईले जानकारी दिएका छन ।

उनले कैलालीको टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने सनकट्टी घाटमा पक्की पुल निर्माणको काम अघि बढिसकेको बताएका छन । उनले पुल निर्माणका लागि चाँडै टेण्डर आह्वान हुने तयारीमा रहेको जानकारी दिएको अध्यक्ष चपाँईले बताए ।

‘हामीले हाम्रा मागका बारेमा स्मरण गरायौं । मन्त्रीज्यूले सकारात्मक रुपमा लिनु भएको छ’ अध्यक्ष चपाईले भने–‘आशा गरौं मन्त्रीज्यूले सबै माग पूरा गर्नुहुनेछ ।’

संघका अध्यक्ष चपाँई नेतृत्वको टोलीमा व्यवशायी टीकाराम जैशी लगायतको सहभागिता रहेको थियो ।

लम्कीदेखी टीकापुरहुँदै खक्रौलासम्मको सडक चारलेनको माग राख्दै टीकापुर उद्योग वाणिज्य संघले मन्त्री महासेठलाई टीकापुर महोत्सव २०७५ को प्रमुख अतिथिका रुपमा भित्र्याएको थियो । संघले सडक चारलेनको एक सुत्रीय माग राखेर महोत्सवको आयोजना गरेको थियो ।

संघले यस क्षेत्रका विकास निर्माणका काममा अगुवाई गर्दै आएको छ । संघले अघि सारेका केही विकास निर्माणका काम पूरा समेत भएका छन ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update