टीकापुर, जेठ ७
कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरिया विजयी भएका छ ।
नवनिर्वाचित अध्यक्ष चौधरीले ७ हजार १५१ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाएका छन । एमालेका टेकबहादुर बमले ४ हजार २४१ मत पाएका छन ।
त्यस्तै उपाध्यक्षमा निर्वाचित कठरियाले ६ हजार ५६२ मत पाएकी छन । उनकी प्रतिस्पर्धी एमालेकी गीता चौधरीले ४ हजार ८५८ मत पाएकी छन । त्यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जयप्रकाश दहितले ४ हजार ५४८ मत पाएका छन ।
गाउँपालिकाको नौवटा वडा मध्ये नागरिक उन्मुक्तिले ५ र नेकपा एमालेले ४ वटामा जितेको छ । नागरिक उन्मुक्तिका तर्फबाट वडा न ३ मा सुरेशकुमार चौधरी, वडा न ४ मा दिपेन्द्रकुमार कठरिया, वडा न ५ मा भिमबहादुर चौधरी, वडा न ६ मा इन्द्र चौधरी र वडा न ७ मा कमल महतौ विजयी भएका छन ।
त्यस्तै एमालेका तर्फबाट वडा न १ मा सुरेशकुमार चौधरी, वडा न २ मा चक्र बिष्ट, वडा न ८ मा तिर्थराज उपाध्याय र वडा न ९ मा खकेन्द्र भण्डारी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य गरी काँग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच भएको गठबन्धनले गाउँपालिकामा कुनै खाता खोल्न सकेन ।