Hamro Patra
काँग्रेसकी सुशीला शाही बनिन कैलालीको पहिलो महिला प्रमुख

टीकापुर, जेठ ६
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार रहेकी सुशीला शाही कैलालीको पहिलो महिला प्रमुख बनेकी छन । उनी लम्की चुहा नगरपालिकाको मेयरमा अत्याधिक मतले विजयी बनेकी छन । उनले निवर्तमान मेयर महादेव बजगाईलाई २ हजार २७८ मतले पराजित गरेकी छन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छन भने मेयरमा पराजित बजगाईले १० हजार ४३५ मत पाएका छन ।

Khadga Memorial And Janajagriti

उपमेयरमा भने नेकपा एमालेकी जुना चौधरी विजयी भएकी छन । उनले १० हजार ७०८ मत पाएकी छन । उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी जानकी सिँहलाई पराजित गरेकी हुन । सिँहले ८ हजार ३०८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको ३३ हजार ८९५ मत मध्ये ८३७ मत बदर भएको छ ।

कुल १० वटा वडा मध्ये ५ वटामा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका तर्फबाट वडा नं. ३ मा लव शाही, वडा नं. ६ मा लोकेन्द्र कठायत, वडा नं. ७ मा भगवानदिन चौधरी, वडा नं. ९ मा रामप्रसाद चौधरी र वडा नं. १० मा हर्क कठरिया विजयी भएका छन ।

त्यस्तै वडा नं. १ मा एमालेका नेत्र खनाल, वडा नं. २ मा सन्तोष वली विजयी भएका छन । वडा नं. ४ मा नेकपा एसका ताराप्रसाद अधिकारी, वडा नं. ५ मा माओवादी केन्द्रका माया बिष्ट र वडा नं. ८ मा स्वतन्त्रबाट हरिराम चौधरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । माओवादी केन्द्रकी बिष्ट यसअघि समेत वडाध्यक्ष थिईन ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update